प्रमोद आचार्य,दंगीशरण बैशाख ३० । शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षा विकास तथा समन्वय इकाइ दाङको आयोजना तथा दंगीशरण ,शान्तिनगर र बबइ गाउँपालिकाको समन्वयमा सामुदायिक तथा सस्थागत माध्यमिक विधालयका प्रधानाध्यापक एबम आधारभुत तह कक्षा ६-८ का सामुदायिक विधालयका प्रधानाध्यापकहरु सङ्ग शैक्षिक गुणस्तर अभिबृद्दिका एकदिने अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रम इकाइ समन्वय प्रमुख देवमणि चौधरीको अध्यक्षता,दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा प्रमुख जिल्ला अधिकारी राम बन्धु सुवेदिको बिशिस्ट आथित्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बिधालयहरु पुर्णरुपमा भौतिक पुर्वाधारमा सम्पन्न भएका तर विद्यार्थी संख्या कमहुने रास्ट्रीय समस्याको रुपमा रहेको बताउनुभयो ।प्रविधिको विकास सङ्गै शिक्षकहरुपनि प्रविधि अनुकुलित रुपान्तरण हुन अन्त्यन्त आवस्यक रहेको उनको भनाइ थियो ।
बिद्यार्थीहरुलाइ घोकन्ते बिधा भन्दा पनि ब्यबहारीक ज्ञानमुलक शिक्षा दिन प्रधानाध्यापकहरुलाइ सुझाव दिए ।
पछिल्लो समयमा बालबालिकाले आफ्नो सस्कार बिर्सिदै गइरहेकोप्रती चिन्ता ब्यक्त गर्दै अबको स्थानिय पाठ्यक्रममा सस्कार र सस्कृतीकोबारे समावेस गर्न आवस्यक रहेको उनको भनाइथियो ।
कार्यक्रमको उदेस्यमाथि प्रकास पार्दै दंगीशरण गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद साखा प्रमुख विनोद अधिकारीले दिगो विकास लक्षमा पनि बिधालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्न एस्ता कार्यक्रमहरु हुने गरेको बताए ।
।बालबालिकाले सस्थागत होस या सामुदायिक बिधालय जहाँ पठनपाठन गरेपनि उनिहरुको गुणस्तरीय शिक्षा प्राप्तताको सुनिस्चित हुनुपर्ने बताए ।
प्रविधिको विकाससङ्गै सिकाइमा उपलब्धि हुनुपर्नेमा अझ घट्दै गइरहेकोप्रती दुख ब्यक्त गर्दै गुणस्तरीय शिक्षा अभिबृद्दीका लागि सिकाइ आदनप्रदान तथा अनुभव साटासाट गर्न अन्तर्कृया कार्यक्रम आयोजना गरीएको अधिकारीले बताए ।