२०८३ भाद्र ३० गते मङ्गलवार

माबी सौडियारको सहायक प्रधानाध्यापकको जिम्मेवारी दामोदर पाण्डेलाई


घोराही,बैशाख २९ । शमाध्यमिक बिद्यालय घोराही ७ सौडियारको सहायक प्रधानाध्यापक पदको जिम्मेवारी बिद्यालयका शिक्षक दामोदर पाण्डेले प्राप्त गरेका छन ।

लामो समयदेखि शिक्षण पेशामा कृयाशिल रहेका पाण्डे बिद्यालयभित्र इमान्दार, मेहनती शिक्षकको रुपमा आफ्नो परिचय स्थापित गरेका छन ।

बिद्यालयका शिक्षक यमलाल रिजालले सहायक प्रधानाध्यापक पदबाट राजीनामा दिएसंगै रिक्त रहेको सो पदमा पाण्डेलाई नियुक्त गरिएको हो ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षता तथा घोराही ७ का वडा अध्यक्ष खोपिराम चौधरीको विशेष उपस्थितिमा बिद्यालयमा बसेको बैठकले तत्कालको लागि बिद्यालयको काम कारबाहीलाई ब्यबस्थित, मर्यादित र चुस्तदुरुस्तरुपमा अघि बढाउन सहायक प्रअमा पाण्डेलाई जिम्मेवारी दिएको हो ।

यसअघि पाण्डेलाई बिद्यालयको उत्कृष्ट शिक्षककोरुपमा लुम्बिनी प्रदेशका तत्कालिन मुख्यमन्त्री डिल्लि चौधरीले सम्मान समेत भएका थिए ।

त्यती मात्रै होइन , शिक्षक पाण्डेले कयौं बर्ष आफ्नो योग्यता क्षमता अनुसार माथिल्लो कक्षाको पठनपाठन निशुल्क रुपमा समेत पढाएका थिए ।

बैठकले सहायक प्रअमा नब नियुक्त पाण्डेलाई बधाई तथा शुभकामना दिदै आफ्नो योग्यता, दक्षता बिद्यालयको हितमा प्रयोग गरेर बिद्यालयको शैक्षिक अबस्थालाई माथी उठाउन भुमिका खेल्ने अपेक्षा राखेको निमित्त प्रधानाध्यापक नन्दबहादुर वलिले बताए ।

बिद्यालयको आर्थिक अबस्था निकै कमजोर रहेकाले बिद्यालयलाई आर्थिक सहयोग गर्न वडा कार्यालय, घोराही उपमहानगर नगर शिक्षा महाशाखालाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।

त्यस्तै बिब्यस बैठकले बिद्यालयमा रिक्त रहेको लेखापालको नियुक्ति प्रकृयालाई अघि बढाउने पनि निर्णय गरेको शिक्षक अभिभाबक संघका अध्यक्ष लोकबहादुर कवरले बताए ।

प्रकाशित मिति : २०८१ बैशाख २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *