गोविन्द खड्का,घोराही बैशाख १७ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा लक्ष्मी सनराइज बैँकको सहकार्यमा घोराहीमा सोमवार वित्तीय व्यवस्थापन तथा कर सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
संघका अध्यक्ष वसन्त जोशिको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मी सनराईज बैँक घोराही शाखा प्रमुख पदम केसी र चाटर्ड एकाउन्टेन्ट कैलाश खत्रीले बैँकिङ कसुर, चेक, कर, कालोसुचि लगाएत विभिन्न विषयमा प्रशिक्षण दिए ।
संघका बरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन महासचिव महेन्द्र बुढाथोकिले गरेका थिए ।
प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार