२०८१ बैशाख २४ गते सोमवार

विनाशकारी भूकम्प गएको आज ९ वर्ष पूरा

काठमाण्डौ ,बैशाख १२ । आज वैशाख १२ गते, गोरखा भूकम्पको नवौँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाईंदैछ ।

२०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्प र त्यसपछिका परकम्पका कारण नौ हजार जना भन्दा धेरैले ज्यान गुमाएका थिए भने २२ हजार जना भन्दा धेरै घाइते भएका थिए ।

अघिल्लो पुस्ताले धेरै चर्चा गर्ने १९९० सालको भूकम्पसँगै तुलना गरिएको २०७२ सालको भूकम्पवाट लाखौँ मानिस घरवारबिहीन भएका थिए । धेरै सार्वजनिक भवन तथा सम्पदाहरुमा पनि क्षति पुग्यो ।

नौ वर्षअघि ठूलो भूकम्प जाँदा भूकम्पीय जोखिम र भूकम्पवाट हुने क्षति न्यूनिकरणका बारेमा धेरै बहस र चर्चा भए । संरचना निर्माणका लागि मापदण्डहरु बने र कतिपय लागू पनि भए । तर बिस्तारै भूकम्पको जोखिमलाई बिर्संदै गएको पाइन्छ ।

गएको कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर अर्को ठूलो भूकम्प गयो । यो भूकम्पमा परी एक सय ५६ जनाले ज्यान गुमाए । ती क्षेत्रमा अहिले पनि अस्थायी आवास निर्माणको काम पुरा भएको छैन ।

भूगर्भविद् एवम् त्रिचन्द्र क्याम्पस भूगर्भ विभागका प्रमुख डा.सुवोध ढकाल सरकारले भूकम्पपछि पुनर्निर्माणलाई प्राथमिकतामा राखे पनि भूकम्पीय सुरक्षालाई ध्यान नदिएको बताउछ्न ।

भूगर्भविद् डा. ढकाल आम नागरिकले आफु बस्ने घर बलियो बनाउने, जोखिम टार्नेखालमा सीप सिक्ने र विशेषगरी पालिकाहरुले खुल्ला ठाउँ छनौट लगायतका तयारी गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २०८१ बैशाख १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *