२०८१ बैशाख २२ गते शनिवार

सशस्त्र प्रहरीद्वारा १० हजार ४ सय केजी प्याजसहितको गाडी नियन्त्रणमा

बुटवल,बैशाख १० । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–५ स्थित दोगरा इलाकाबाट आइतबार सशस्त्र प्रहरीले करिब ५ लाख ३० हजार रुपैयाँ बराबरको १० हजार ४ सय के.जी. प्याज र बोरा सिलाउने मेशिनसहितको गाडी नियन्त्रणमा लिएको छ ।

भारतबाट अवैध रूपले नेपालमा ल्याई राखेको प्याज र मेशिन ग १ ख ९२२६ नम्बरको आईचर गाडीमा लोड गरिरहेको अवस्थामा नं. २७ गण रुपन्देहीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको सामान र गाडी भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको छ । गाडीको भन्सार दाखिला मूल्य २५ लाख कायम भएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *