२०८१ बैशाख १९ गते बुधवार

मोटरबोट संचालन गर्न बुलबुले ताल सफा गरिदै


सुर्खेत, बैशाख ६ । सुर्खेतको बुलबुले ताल मोटरबोट सञ्चालनका लाधि धमाधम सफा गरिँदै आइएको छ ।

मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले सुर्खेतको बीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोट सेवा संचालनको तयारी गरि रहेको छ ।
तत्कालका लागि एक करोड रुपैंया लागतमा कम्पनीले मोटरबोटको व्यवसायिक सञ्चालनको तयारी गरिएको संचालक बिष्णु ढकालले बताए।

तालमा घुम्न पुगेका पर्यटकहरूले फालेका सामान तथा जलकुम्भी लगायतका झारले ताल फोहोर बनेको थियो । वर्षौंदेखि रहेको जलकुम्भी लगायतले ढाकिएको ताललाई अहिले बोटेबोराले आफ्नै लगानीमा सरसफाइ गरिरहेको हो ।

ढकालका अनुसार, तालको सरसफाइ सकिएपछि मोटरबोट सञ्चालन गर्ने तयारी छ ।

कम्पनीले बुलबुले तालमा मोटरबोट संचालन गरे वापत बिरेन्द्रनगर नगरपालिकालाई वार्षिक १३ लाख बुझाउने सम्झौता भएको छ ।

बुलबुले तालमा कम्पनीले नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सीप एन्ड बोट बिल्डिङले निर्माण गरेको ११ सिटे फिस्टेल मोटरबोट सञ्चालन गर्ने छ ।

यो कम्पनीले यस अघि आँबुखैरेनीको मस्र्याङ्दी जलविद्युत केन्द्रको जलाशय, नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकहरुलाई मोटरबोट सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *