२०८३ भाद्र १३ गते शनिवार

तालमा डुबेर एकको मृत्यु

रुकुम पश्चिम ,चैत २९ । रुकुम पश्चिममा पानीको तालमा डुबेका एक बालकको ज्यान गएको छ । अर्का एक युवक भेरी नदीमा डुबेर बेपत्ता भएका छन् ।

बाँफिकोट गाउँपालिका–४ छिनखेतमा फोहोर पानी जम्मा भएको तालमा डुबेका दैलेखको भगवतीमाई गाउँपालिका–५ का ५ वर्षका बालक हिमेश थापाको उपचारका क्रममा जिल्ला अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज पोखरेलले जानकारी दिए ।

हिमेश हिजो छिनखेतको तालमा डुबेका थिए । त्यस्तै भेरी नदीमा नुहाउन गएका जाजरकोटको शिवालय गाउँपालिका वडा नम्बर–३ सिमाका २४ वर्षीय कमल बुढा डुबेर बेपत्ता भए ।

प्रकाशित मिति : २०८० चैत्र २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *