२०८१ असार ७ गते बिहिवार

हावाहुरीले एकको मृत्यु

डोल्पा, चैत १८ । हिमाली जिल्ला डोल्पामा हावाहुरीका कारण ढलेको रुखमा च्यापिएर घाइते भएका एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मुड्केचुला गाउँपालिका–९ का अन्दाजी ४० वर्षीय सिद्ध बुढा रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलतर्फ जिल्ला प्रहरी कार्यालय डोल्पाको प्रहरी टोली गइरहेको प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले बताए ।

बुढाको उपचारका लागि जुम्ला लैजाँदै गर्दा सोही गाउँपालिकाको लामाचौरमा शनिबार राति ८ बजे मृत्यु भएको उनले बताए ।

खेतका लागि मल ल्याएर फर्कंदै गर्दा मुसेखोला भन्ने ठाउँमा च्यापिएर उनको निधन भएको हो । उनले सँगै लिएका दुई वटा घोडाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत्र १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *