सुर्खेत,चैत १५ । होलीको दिन (चैत १२ गते) कर्णाली नदीमा हामफालेर बेपत्ता भएका युवा मृत फेला परेका छन्।
चिसापानीस्थित कर्णाली नदीको पुलबाट १७ जनाले हाम फालेका थिए।
हाम फालेका १६ जना पौडिन सफल भए पनि कञ्चनपुर स्थायी घर भई कैलालीको लम्की चुहा नगरपालिका–३ चिसापानी बस्ने ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका थिए।
शाहीको शव टीकापुरको सन्कट्टी घाटमा तीन दिनपछि बिहीबार दिउँसो करिब ४ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए।
प्रकाशित मिति : २०८० चैत्र १५ गते बिहिवार