२०८३ असार २८ गते आइतवार

आज तराईमा हर्षोल्लासपूर्वक होली पर्व मनाइँदै

काठमाडौं ,चैत १२। तराईका जिल्लामा आज हर्षोल्लासपूर्वक होली पर्व मनाइँदै छ ।

तराईका बासिन्दाको बसोबास रहेका काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रका कतिपय ठाउँमा आज पनि होलीको रौनक छ ।

होलीमा परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । होली पर्वको अवसरमा सरकारले आज तराईका जिल्लाहरुमा विदा दिएको छ ।

प्रहरीले होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन अनुरोध गरेको छ ।

उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा भने हिजो होली पर्व मनाइएको थियो ।

प्रकाशित मिति : २०८० चैत्र १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *