२०८१ असार १० गते आइतवार

मातृभाषाको प्रयोग महत्त्वपूर्ण

दंगीशरण चैत ४ । गुरुबाबा सहकारी सस्थाद्वरा संचालित गोल्डेन पाथ एकाडेमि दंगीशरण ३ रावतगाउँको आयोजनामा मातृभाषामा आधारित बहुभाषा शिक्षण पद्धतिको लागी हाम्रो भुमिका बिषयक छलफल कार्यक्रम बिधालयको प्राङ्गण रावतगाउँमा सम्पन्न भएको छ ।

गुरुबाबा सहकारी सस्थाका अध्यक्ष तक बहादुर चौधरीको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता,तथा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको बिशिस्ट आथित्यतामा कार्यक्रम सम्पन्न गरीएको हो ।

बोल्ने भाषालाइ बिधालयको सिकाइ तथा पठनपाठन गर्ने बेला प्रयोग गर्न कार्यक्रमको मुख्य उदेश्य बिधालयका अध्यक्ष बिरवल चौधरीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले बालबालिकाको पहिलो पाठसाला परिवार भएकाले पनि सिकाइका क्रममा मातृभाषाको प्रयोग महत्त्वपूर्ण भएको बताए ।

आफुहरु पनि निर्वाचित भएर आएको दोस्रो बर्षमा अहिले स्थानिय पाठ्यक्रम लागु गरीएको जानकारी दिए ।

नेपाली भाषा र थारु भाषाको प्रयोग हाम्रो जस्तो थारु भाषाको उल्लेखनीय बसोबास हुने समुदायमा प्रमुख आवस्यकता रहेको समेत बताए।घरमा बोल्ने गरेको भाषालाइ सिकाइको क्रममा लागु गर्नसके बिधार्थिलाइ बुझ्न र सिक्न सहजहुने अध्यक्ष गिरीले बताए ।

बहुभाषा शिक्षणले विद्यार्थीहरु कक्षा छोड्ने समस्यामा समेत कमिआउन सक्ने अपेक्षा अध्यक्ष गिरीको रहेको थियो ।

डेनमार्क बाट आएका ४ जना बिदेशी नागरीक कृस्टेनो बाउन,सेरोना लगायतले यहाँको सास्कृती तथा परम्पराको उच्च प्रसंसा गरेका थिए । बिधालयले प्रत्यक बर्ष उत्कृष्ट रचनात्मक कार्य गर्दै प्रविधिमैत्री शिक्षामा जोड दिदै आएको छ ।

कार्यक्रममा बिभिन्न किसिमका थारु सस्कृती झल्कने गितहरुमा नृत्य प्रस्तुत गरीनुका साथै बिधालयमा बिभिन्न कार्यक्रममा प्रथम ,दितिय ,तथा तृतिय हुने विद्यार्थीहरुलाइ पुरुष्कार समेत बितरण गरिएको थियो ।

कार्यक्रमको सहजीकरण बिधालयका शिक्षक अन्जु कुसुम्याले गरेका थिए ।

प्रकाशित मिति : २०८० चैत्र ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *