२०८१ असार १० गते आइतवार

ट्याक्टर दुर्घटना हुँदा २६ जना घाइते

रुपन्देही,चैत १ । रुपन्देहीको मर्चवारमा ट्याक्टर दुर्घटना भएको छ ।

रुपन्देही जिल्लाको कोटहीमाइ गाउँपालिका वडा नं ५ दुइमुहानमा दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । घाइतेको भैरहवा स्थित सिद्धार्थनगर सिटी अस्पतालमा उपचार भइरहेको छ ।

बिहिबार कोटहीमाइ गाउँपालिका वडा नं। ७ मा हुन लागेको श्रीमतभागवनको लागि जल लिन गएको लु १ त ५५४७ नं ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नावय उपरिक्षक मनोहर भट्टले जानकारी दिए ।

घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेमा सवित्रा यादव र उर्मिला यादव रहेको प्रहरीले जनाएको छ ।

दुर्घटना भएको ट्याक्टरको चालक फरार रहेकोले खोजी कार्य जारी रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत्र १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *