२०८१ जेष्ठ ३० गते बुधवार

आज देशका विभिन्न ठाउँमा पानी पर्ने

दाङ,चैत १ । देशका पहाडी भू-भागमा आज पनि मौसम आंशिक बदली भएको छ ।

आज कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत केही पहाडी भू-भागमा आंशिक बदली भएको र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागको एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावनासमेत रहेको छ ।

महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।

प्रकाशित मिति : २०८० चैत्र १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *