२०८१ जेष्ठ ३० गते बुधवार

महिला विकासका क्षेत्रमा लगानी बढाउन सबै क्षेत्रको सहयोग आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं ,फागुन २५ । राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटै तहका सरकारले महिलाको जीवनस्तर परिवर्तन हुनेगरी नीति, योजना र कार्यक्रम तय गरी लागु गर्ने विश्वास व्यक्त गरेका छन् ।

११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले महिलाको जीवनस्तरमा सारभूत परिवर्तन नहुँदासम्म समृद्ध राष्ट्र निर्माणको गन्तव्यमा पुग्न नसकिने बताए ।

जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाको आर्थिक, सामाजिक, राजनीतिकलगायत विकासका विभिन्न आयाममा समान र अर्थपूर्ण सहभागिताबिना आर्थिक सशक्तिकरणका राष्ट्रिय आकांक्षा पूरा नहुने बताए ।

राष्ट्रपति पौडेलले महिला विकासका क्षेत्रमा लगानी अभिवृद्धि गर्न सबै क्षेत्रको निरन्तर सहयोग हुन अत्यावश्यक रहेको समेत बताए ।

उनले सभ्य र समुन्नत समाज निर्माणमार्फत् लंैगिक समानतायुक्त राष्ट्र निर्माणको दीर्घकालीन सोच प्राप्तिका लागि पनि महिला विकासको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्नेमा जोड दिए ।

राष्ट्रपति पौडेलले महिलाले बढी श्रम गर्ने उल्लेख गर्दै उनीहरूको श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न पनि सबैमा आग्रह गरे ।

राष्ट्रपति पौडेलले नेपालको संविधानले महिलामाथि हुने सबै प्रकारका विभेदको अन्त्य गर्ने व्यवस्था गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए ।

प्रकाशित मिति : २०८० फाल्गुन २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *