दाङ,फागुन २३ । लुम्बिनीकाे कपिलवस्तुवाट छुटेकाे बस धादिङमा दुर्घटना भएकाे छ।
दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएको धादिङ प्रहरीले जानकारी दिएको छ।
सिदार्थ यातायातकाे लु २ ख २१२१ नम्बरको वस धादिङ जिल्लाको गजुरी घाटबेसीवाट त्रिशूली नदीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी डिएसपी सन्तुलाल जैसवालका अनुसार कपिलवस्तुवाट हिजाे साझँ काठमाडौंका लागि छुटेको उक्त वस मंगलबार विहान त्रिशूली नदीमा बसेकाे बताए ।
डिएसपी जैसवालका अनुसार बसमा सवार ५ जना यात्रुको मृत्यु भएको छ भने ३७ जनाको उद्दार गरिएको छ। अहिले घटनाको विस्तृत आउन बाकी रहेको छ।
प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार