२०८१ असार ३ गते आइतवार

काठमाडौंबाट घर फर्किरहेका युवकको बाटोमै भिरबाट लडेर मृत्यु

दाङ, फागुन २० । काठमाडौंबाट घर फर्कि रहेका रोल्पाका एक युवकको बाटोमै भिरबाट लडेर मृत्यु भएको छ ।


जिल्लाको रोल्पा नगरपालिका – १० धवाङका २९ बर्षीय मनिस पुन मगर वडा नं. ४ स्थित धाङसी खोलामा आइतबार बिहान मृत अवस्थामा फेला परेका हुन ।


प्रहरीका अनुसार उनको काठमाडौंबाट रोल्पास्थित घर तर्फ जाँदै गर्दा घर नपुग्दै बाटोमै भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो । रातको नौं बजेतिर टर्च लाइट बालेर एक्लै हिडिरहेका उनको भिरबाट लडेको र खोलामा घटनास्थलमै मृत्यु भएको अवस्थामा बिहान मात्रै शब स्थानीय देखेको प्रहरीले बताएको छ ।


घरजाने बाटो लिवाङ – धवाङ सडक खण्ड अन्तरगत रिपाभिरबाट लड्दा उनी धाङ्सी खोलामा खसेर मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक देवीराम भण्डारीले फरककोणलाई बताए ।


बग्ने पानीको बीच भागको ढुँगामा अड्किएको अवस्थामा उनको शब फेला परेको थियो ।
आइबार बिहान सवा ८ बजेतिर स्थानीयले खोलामा मानिसको शब देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि मात्रै प्रहरी निरीक्षक भण्डारीको नेतृत्वमा प्रहरी घटनास्थल पुगेको थियो । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *