तुलसीपुर, फागुन । जुरु जजुर नमुना माध्यामिक विद्यालयमा विद्यालयका पूर्व विद्यार्थी बेदबहादुर वलीले छात्रवृत्ति अक्षकोष स्थापना गरेका छन् ।
वेदबहादुर वली र श्रीमति मनिकुमारी वलीले सासु ससुरा एवंम आमा बुवा लालमति खत्री र कईरो खत्रीको स्मृतिमा रु ६५ हजार राशीको ‘लालमति खत्री उद्यमशिल स्मृति छात्रवृत्ति अक्षकोष स्थापना गरेका हुन् ।
गुरुजजुर माविका कृषि संकायमा अध्ययन वा अन्य विषयमा अध्ययन गर्ने एक जना छात्रा गरिव असाहय जेहेन्दार विद्यार्थीलाई वार्षिक रुपमा सो रकमबाट आउने व्याजले छात्रवृत्ति प्रदान गर्ने गरि सो छात्रवृत्ति स्थापना गरेका हुन ।
तुलसीपुर–४ सिर्जना टोल निवासी वलीले विद्यालयका प्रधानाध्यापक विष्णुकुमारी केसीलाई उक्त छात्रवृत्तिको रु ६५ हजारको चेक हस्तान्तरण गरेको विद्यालयका शिक्षक गोपाल बुढाथोकीले जनाकारी दिएका छन् ।
प्रकाशित मिति : २०८० फाल्गुन १८ गते शुक्रवार