२०८३ बैशाख ४ गते शुक्रवार

सत्यमोहन जोशीकी पत्नी राधाको निधन

काठमाडौं,बैशाख ३ । इतिहासकार सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको ९९ वर्षको उमेरमा निधन भएको छ।

ललितपुरस्थित किस्ट अस्पतालमा उपचारका क्रममा उनको शनिबार बिहान ५ः५६ बजे निधन भएको अस्पतालले जनाएको छ।

अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यका अनुसार, जोशीको ‘सेपटिक शक’ र हृदयाघातबाट निधन भएको हो।

स्वास्थ्यमा समस्या आएपछि उनलाई गत चैत १६ गते अस्पताल भर्ना गरिएको थियो। त्यसयता सघन उपचार कक्षमा राखेर उनको उपचार भइरहेको थियो। निमोनिया संक्रमण भएकाले अस्पताल भर्ना गरिएको थियो।

उनको पार्थिव शरीर किस्ट अस्पतालमै राखिने भएको छ। उनले २०७७ साउन २९ गते शरीर दान गरेकी थिइन्।

अस्पतालका निर्देशक प्रा.डा.बज्राचार्यले विज्ञप्ति जारी गरेर भनेका छन्, “किस्ट मेडिकल कलेजमा चिकित्सा विज्ञानमा अध्ययनरत विद्यार्थीलाई प्रयोगात्मक ज्ञान हासिल होस् भन्ने पवित्र उद्देश्यले मरणोपरान्त आफ्नो शरीर दान दिनुभएको थियो।”

इतिहासकार सत्यमोहन जोशीको गत असोज ३० मा किस्ट अस्पतालमै उपचारका क्रममा निधन भएको थियो। उनले पनि मरणोपरान्त शरीर दान गरेका थिए।

प्रकाशित मिति : २०८० बैशाख ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *