२०८३ बैशाख ४ गते शुक्रवार

सन्दीप लामिछानेको अन्तिम सुनुवाइको पेशी न्यायाधीश शकंरराज बरालको इजालासमा

काठमाडौँ,चैत २६ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दाको अन्तिम सुनुवाइको पेशी न्यायाधीश शकंरराज बरालको इजालासमा परेको छ।

काठमाडौँ जिल्ला अदालतमा विचाराधीन रहेको मुद्दाको अन्तिम टुंगो सम्भवतःआज लाग्ने छ। जिल्ला अदालत, काठमाडौँमा आइतबारका लागि तोकिएको पेशी बरालको इजालासमा परेको हो। उनको मुद्दा तेस्रो नम्बरमा रहेको छ।

उनको आज अन्तिम बहस सकिएमा आज नै मुद्दाको फैसला आउने छ। बलत्कार आरोप लागेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले सुरुवातमा पुरपक्षका लागि थुनामा पठाएको थियो।

तर पाटन उच्च अदालतले उनलाई थुनामुक्त गरेको थियो भने विदेश जान रोक लगाएको थियो। यता सर्वोच्चले उनलाई विदेश जान अनुमति दिएको थियो। मुद्दाको अन्तिम फैसला भने जिल्ला अदालतमा हुन बाँकी रहेको छ।

निरन्तर पेशीमा रहेपनि फाइनल सुनुवाइ नहुँदा मुद्दाले किनारा पाउन सकेको थिएन। सर्वोच्च अदालतले मुद्दाको फैसला चाँडो गर्नका लागि जिल्ला अदालतलाई आदेश गरेको भए पनि विभिन्न कारणले पेशी स्थगित हुँदै आएको छ।

यसअघि काठमाडौँ जिल्ला अदालतमा बुधबारका लागि केशवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ हुने तय भएपनि दिनको अन्तिम समयमा सुनुवाइ सुरु हुन लाग्दा समय अभाव हुने भन्दै जाहेरीपक्षका कानुनव्यवसायिले पेशी स्थगित गरेका थिए।

पटक(पटक स्थगित हुँदै आएको पेशी आइतबार भने अन्तिम टुंगो लाग्ने सन्दीपका वकिल सरोजकृष्ण घिमीरेले जानकारी दिए। उनले भने ‘आज मुद्दाको फाइनल हुन्छ भन्ने विश्वास छ। हामी हाम्रो तयारीमा रहेका छौँ।’

प्रकाशित मिति : २०७९ चैत्र २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *