२०८१ मङ्सिर २७ गते बिहिवार

माओवादी नेता वर्षमान पुन स्वदेश फर्किने तयारी

काठमाडौँ,चैत १३ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व मन्त्री वर्षमान पुन यसैसाता स्वदेश फर्किने तयारी गरेका छन् । स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले उनले यसै साता स्वदेश फर्किने तयारी गरेका हुन् ।

‘उहाँ (वर्षमान पुन) को स्वास्थ्यमा उल्लेख सुधार भयो । सबै अवस्था हेरेर यो साताभित्रै स्वदेश फर्किने तयारी छ’ पुन निकट एक नेताले भने , ‘जन्डिसको मात्रा घटेको छ । स्वास्थ्यमा सुधार हुँदै गएको छ ।’

जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुनको स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको परामर्शमा फलोअप चीन गएका हुन् । अहिले नेता पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ चैत्र १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *