लमही, चैत ९ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमही शाखाले बिहीबार बित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
लमही नगरपालिका – ५ कोलहीमा रहेको रोजी बड्स बालबाटिका इङ्लिश बोर्डिङ स्कुलमा ग्लोबल मनि विकको अवसर पारेर कार्यक्रम गरेको हो ।
कार्यक्रममा बैंक लमही शाखाका शाखा प्रबन्धक छबिलाल भण्डारीले वित्तीय साक्षरता अन्तरगत बित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, बिप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणका बारेमा जानकारी दिएका थिए ।
विद्यालयका करिब पचास जना बिद्यार्थीलाई बित्तीय क्षेत्रको बारेमा जानकारी दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ ।
आफ्नो विद्यालयका बिद्यार्थीलाई लक्षित गरि बितिय साक्षरता कार्यक्रम गरेकोमा विद्यालयका प्रधानाध्यापक राजकुमार यादबले बैकलाई धन्यवाद दिएका थिए ।
प्रकाशित मिति : २०७९ चैत्र ९ गते बिहिवार