दाङ ,चैत ६ । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल ( फेकन ) को लुम्बिनी प्रदेश शाखा संयोजकमा दाङका सौरभ शर्मा चयन भएका छन् ।
आइतबार दाङको घोराहीमा भएको कार्यक्रममा शर्माको संयोजकमा ११ सदस्य समिति गठन गरिएको हो ।
शर्माको अध्यक्षतामा एवं फेकनका केन्द्रिय प्रतिनिधि प्रज्ज्वल बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
जसको सदस्यहरू ओम प्रकाश रिजाल, अर्जुन खड्का, सेवक भट्टराई, मानसिंह वली, राजेश गौतम ( रोनिश ) रहेका छन् ।
यस्तै डिल्ली राज डाँगी, निर्मला भण्डारी, रमेश गौतम, आशिष ओली र सुमन शर्मा सदस्यमा चयन भएका हुन् ।
यस्तै संयोजक शर्माले प्रदेशमा रहेको स्वतन्त्र शैक्षिक परामर्श संस्थाहरूलाई एकबद्ध बनाउने उद्देश्य रहेको पनि बताए ।
पछिल्लो समय संस्थाहरूमा देखिएका समस्याहरूलाई सम्बोधन गर्ने पनि उनको भनाइ छ ।
प्रकाशित मिति : २०७९ चैत्र ६ गते सोमवार