२०८३ बैशाख २ गते बुधवार

धारपानी मन्दिर व्यवस्थापन समितिलाई प्रमाणपत्र हस्तान्तरण

विमल योगी, दाङ,चैत्र ५ । दाङको प्रशिद्ध तिर्थ स्थल,पाण्डवेश्वर महादेव मन्दीर व्यवस्थापन समितिको नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

निर्वाचन समितिका संयोजक मणिराज आचार्यको अध्यक्षता तथा मन्दीर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा माघ १४ गते सम्पन्न १५ औं साधारणसभा तथा ५ औं अबिधेशनबाट निर्वाचित अध्यक्ष लगायत २५ सदस्सीय कार्यसमितिलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।
गत माघमा सम्पन्न भएको अबिधेशनबाट अध्यक्षमा गणेश कुमार अधिकारी,उपाध्यक्षमा जगविर चौधरी र शंकर गौतम,सचिवमा विष्णुराम आचार्य,कोषाध्यक्षमा बोधिलाल शर्मा,सहसचिवमा निम बहादुर चौधरी,सदस्यहरुमा विवेक श्रेष्ठ,रेव बहादुर बुढाथोकी,बिष्णुमणी दाहाल,यज्ञश्वरी चन्द,सरस्वती खत्री गौतम,कृष्णप्रसाद भुसाल,धनपति शर्मा,टेकनाथ आचार्य,बलिराम भूसाल गोपाल,धुव्रकुमार श्रेष्ठ,ऋषीदेव शर्मा,लोक बहादुर विक,मधुमालती अधिकारी,विमल अधिकारी,गजेन्द्र चौधरी,श्याम प्रकाश आचार्य,लक्ष्मि अधिकारी,मधुसुदल पौडेल,केशव विसी चयन हुनुभएको थियो भने पदेन सदस्यमा वडा नम्वर ५ का वडा अध्यक्ष विवेक बुढाथोकी रहेका छन ।

सो अवसरमा बोल्ने बक्ताहरुले धारपानीमा पछिल्लो समयमा भैरहेका पूर्वाधार विकासले देशको मात्र नभएर अन्तराष्ट्रिय स्तरको समेत ध्यान खिचेको भन्दै सवै मिलेर यसको थप बिकासमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

उक्त कार्यक्रममा निर्वाचन समितिका संयोजक अधिबक्ता आचार्य,सदस्यहरु अर्जुन कुमार अधिकारी र षडानन्द खनालले निर्वाचनमा सहयोग गर्ने सवैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

समितिका अध्यक्ष गणेश कुमार अधिकारी र सचिव विष्णुराम आचार्यले सफलतापूर्वक निर्वाचन प्रक्रिया सकेकोमा निर्वाचन समितिलाई धन्यवाद दिएका थिए ।

सञ्चार संयोजकमा विमल योगी नियुक्त

यसैविच धारपानी मन्दिरको प्रचार प्रसार लगायत सञ्चार समन्वयका लागि पत्रकार विमल योगीलाई सञ्चार संयोजकको रुपमा नियुक्त गरिएको छ ।

पाण्डवेश्वर महादेव मन्दीर व्यवस्थापन समितिको शनिवार सम्पन्न बैठकले घोराही ६ निवासी पत्रकार योगीलाई तीन बर्षका लागि सञ्चार संयोजकमा नियुक्त गर्ने निर्णय गरेको मन्दिरका लेखा तथा प्रशासन शाखा प्रमुख नरेश पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ चैत्र ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *