२०८३ बैशाख २ गते बुधवार

अवैध रुपमा ल्याएको साढे १ रुपैयाँ बराबरका कुखुरा बरामद

बाँके,चैत ३ । बाँके प्रहरीले भारतबाट अवैध रुपमा ल्याएको ठुलो परिमाणमा कुखुरा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भारतबाट अवैधरुपमा ल्याउँदै गरेको साढे १ रुपैयाँ बराबरका कुखुरालाई नेपालगन्ज १० शितलनगरबाट बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार २१९ पिस कुखुरा बरामद गरिएको हो । जिल्ला प्रहरी बाँकेले बिहीवार बरामद गरिएका अवैध कुखुरालाई आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगन्ज पठाईएको जानकारी दिएको छ ।

फरार प्रतिवादी पक्राउ

त्यस्तै जिल्ला प्रहरी बाँकेले लागूऔषध मुद्दामा दोषी ठहर भएर लामो समयदेखि फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत बाँकेबाट मिति २०७७ भदौ ९ गतेको फैसलाबाट लागूऔषध मुद्दामा दोषी ठहर भएर हालसम्म फरार रहेका कोहलपुर-२ का २६ बर्षीय महादेव घिमिरेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

घिमिरेलाई जिल्ला अदालत बाँकेले १ बर्ष जेल सजायको फैसला सुनाएयता फरार रहँदै आएका उनलाई जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले पक्राउ गरेको हो । घिमिरेलाई आबश्यक कारबाहीका लागि आज जिल्ला अदालत बाँके बुझाईएको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

फरार रहेका घिमिरेलाई कहाँबाट पक्राउ गरिएको बारे भने जिल्ला प्रहरी कार्यालय खुलाएको छैन ।

 

प्रकाशित मिति : २०७९ चैत्र ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *