२०८२ चैत्र ३० गते सोमवार

बागमती सरकारले विश्वकप छनोटमा पुगेको क्रिकेट टोलीलाई जनही एक लाख रुपैयाँ दिने

काठमाडौं, चैत ३ । विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई बागमती प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारका तर्फबाट शुक्रबार उक्त घोषणा गरेका हुन् । ‘खेलाडीको सम्मान र हौसला बढाउन बागमती सरकारले राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई जनही एक लाख दिने भएका छौँ ’, उनले भने ।

बागमती प्रदेशका खेलाडीहरू समेत सम्मिलित उक्त टिमलाई जितका लागि बधाई दिँदै मुख्यमन्त्री जम्मकट्टेलले थप प्रगति र सफलताका लागि शुभकामना दिएका छन् । नेपालले बिहीबार घरेलु मैदान कीर्तिपुरमा यूएईलाई ९ रनले पराजित गर्दै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाएको थियो ।

प्रकाशित मिति : २०७९ चैत्र ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *