२०८३ बैशाख २ गते बुधवार

पर्यटन उद्योग बिस्तारै लयमा फर्किएको छः मन्त्री किराँती

काठमाडौँ,चैत १ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन उद्योग बिस्तारै लयमा फर्किएको बताएका छन्।

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठनको संयुक्त आयोजनामा काठमाडौँमा सुरुवात भएको क्षेत्रीय कार्यशाला गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले लयमा फर्किन थालेको पर्यटन उद्योगको प्रवर्द्धनका लागि उद्योगको विकास, बिस्तार र विविधिकरण गर्न आवश्यक रहेको बताए।

मन्त्री किराँतीले भने, ‘पर्यटन उद्योग आर्थिक विकासको प्रमुख पक्षको रूपमा स्थापित भइसकेको अवस्थामा कोभिड १९ बाट सबैभन्दा बढी प्रभाव यही क्षेत्रमा भयो। पछिल्लो समय पर्यटन उद्योग बिस्तारै लयमा फर्किन थालेको छ। केही आशाको सञ्चार हुन थालेको छ। यसका लागि पर्यटन उद्योगको विकास, बिस्तार र विविधिकरण गर्न आवश्यक छ। यस समय नेपालमा आयोजना भएको यो कार्यशालामा विज्ञहरूको बीच हुने छलफलले विश्व पर्यटनलाई दिशा निर्देशन गर्नेछ।’

उनले पर्यटन क्षेत्रमा प्राप्त लाभको समानजनक वितरण गर्ने, पर्यटकीय सेवा तथा सुविधाहरुको विकास, बिस्तार एवं विविधिकरण गर्ने पर्यटन प्रवर्द्धन गर्न र पर्यटकहरूलाई उपलब्ध गराउने सेवा सुविधाको गुणस्तरको सुनिश्चित गर्दै दिगो पर्यटन विकासको कार्यलाई प्राथमिकीकरण गर्न जरुरी रहेको पनि बताए।

प्रकाशित मिति : २०७९ चैत्र १ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *