घोराही, २७ फागुन । प्रेस सेन्टर नेपाल दाङ शाखाको वार्षिक साधारण सभा शनिवार घोराहीमा सम्पन्न भएको छ ।
प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्माको अध्यक्षता तथा वरिष्ठ पत्रकार नारायण प्रसाद शर्माको प्रमुख आतिथ्यता एवंम प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष अजयदिप शर्माको विशिष्ठ आतिथ्यतामा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी शर्माले पत्रकारिता विषयमा गहन अध्ययनको आवश्यकता रहेको बताए ।
उनले पत्रकारले समाचार लेख्दै गरेको विषयमा आफुले पनि ज्ञान आर्जन गरेको हुनुपर्ने बताए ।
त्यस कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, प्रेस चौतारी दाङका अध्यक्ष ईन्द्र डिसी, प्रेस युनियनका अध्यक्ष सन्तोष सुवेदी, डा. लोकराज पराजुली लगाएतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
यस्तै साधारण सभाका अवसरमा दिर्घ योगदान पत्रकारिता सम्मान २०७९ बाट केन्द्रिय उपाध्यक्ष तथा संगठनका संस्थापक अजयदिप शर्मालाई सम्मान गरिएको हो ।
सहसचिव दिपक बोहोराको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव जनक नेपालीले गरेका थिए ।