२०८३ बैशाख ६ गते आइतवार

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिङ्गे गैँडा मृत भेटियो

चितवन,फागुन २५ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिङ्गे गैँडा मरेको अवस्थामा भेटिएको छ ।

हिजो बिहान साढे ९ बजे निकुञ्जको गस्ती टोलीले अमलाटारी सेक्टर अन्तर्गत शेरी पोस्ट नजिक कोर क्षेत्रमा अन्दाजी २० वर्षको एक सिङ्गे गैँडा मरेको अवस्थामा भेटेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। उनका अनुसार आपसमा जुधेर गैँडा मरेको अनुमान छ ।

यो सँगै चालु आर्थिक वर्ष २०७९र८० मा चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्ज मध्यवर्ती क्षेत्रमा मर्ने गैँडाको सङ्ख्या १३ पुगेको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *