२०८३ बैशाख २ गते बुधवार

पहाडी क्षेत्रमा मौसम बदली, चट्याङसहित पानी पर्ने सम्भावना

काठमाडौँ,फागुन २३ । देशका केही भागमा आज पनि मौसम बदली भएको छ ।

पश्चिमी वायुको सामान्य प्रभावका कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भएको छ ।

आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्गसहित हल्का वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

बुधबार र बिहीबार पनि देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्गसहित हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

चट्याङसहित वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *