२०८३ बैशाख ६ गते आइतवार

किवानिस क्लव तुलसीपुरको पदभार ग्रहण

तुलसीपुर, फागुन २१ । किवानिस क्लव अफ दाङ तुलसीपुरको पहिलो पद भार कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ ।

किवानिश क्लव अफ दाङ तुलसीपुरका अध्यक्ष विमल पौडेलको अध्यक्षता तथा किवानिश क्लबका डिस्ट्रिक गभर्नर लक्ष्मण लम्सालको प्रमुख आतिथ्यमा पदभार कार्यक्रम भएको हो ।

प्रमुख अथिति लम्सालले बालबालिका सवालमा पवित्र उदेश्य राखेर कार्य गर्दै अगाडि बढेको बताए ।
नेपालको सात ओटै प्रदेशमा काम गर्ने छ उनले भने,जिल्ला लेभलमा पर्मानेन्त प्रोजेक्ट को आधारमा क्लव ले काम गर्नेछ ।

जोखिम मा परेका बालबालिकाको उद्धार तथा पुनर्स्थापना, जाडोमा न्यानो कपडा वितरण, टिफिन को व्यवस्थापन लगायत विविध क्षेत्रमा काम गर्ने लम्सालको बताए ।

१९१५ अमेरिकाको खुलेको यो संस्थाले नेपालमा पनि बालबालिका को क्षेत्रमा उल्लेखनीय कार्य गरेको छ ।

काठमाडौं उपत्यकामा ६५ जना अनाथ बालबालिकालाई १ देखि १० कक्षा सम्म निशुल्क पढाई को व्यवस्था गरेको जानकारी दिए ।

एउटा समुदायमा एउटा बालबालिकाको जीवन परिवर्तन भन्ने संस्थाको नारा रहेको छ । समुदायमा बालबालिकाको आवश्यकतालाई मध्यनजर गरी कार्य गर्ने ।

८६ ओटा राष्ट्र मा क्लवले काम गरेको कीवनिश क्लव अफ दृक्टिस ट्रेनर नवीन खतिवडाले किबनिश क्लव को बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा युवा परिषद् दाङका अध्यक्ष्य अरुण लहरे, पत्रकार प्रेम रम्जा, अप्तिमिष्ट्ट क्लव अफ तुलसीपुर अध्यक्ष कमल सापकोटा, तुलसीपुर नगर जेसिजका अध्यक्ष्य सालिकराम वलि, तुलसीपुर चेम्बर अफ कमर्सका सचिव ऋषिराज भण्डारी, मानव अधिकार तथा शान्ति समाज दाङका अध्यक्ष्य नवीन पोखरेल, महिला अधिकारकर्मी सुष्मा गिरी लगायतकाले शुभकामना दिएका थिए ।

कार्यक्रम विभिन्न व्यक्तीहरुलार्य मायाको चिनो प्रदान गरिएको थियो ।

त्यस कार्यक्रममा भावी अध्यक्ष मोहन सुनारले धन्यवाद ज्ञापन गरेका थिए भने सहजीकरण क्लवका सचिव केशवराज केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *