काठमाडौँ ,फागुन १५ । जबरजस्ती करणी अभियोग लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले दिएको निवेदनमाथिको सुनुवाइ सोमबार हुने भएको छ।
आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा भएको सुनुवाइ अन्तिमा मुद्दा हेर्दाहेर्दैमा राखिए पछि आजपनि सुनवाइ हुन लागेको हो।
नाबालिग बलात्कार मुद्दामा उच्च अदालत, पाटनले धरौटीमा छाडेपछि सन्दीपलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च गएको थियो भने लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए।
गत असोज २० मा प्रहरी समक्ष आत्मसर्मपण गरेका उनी उच्च अदालत पाटनको आदेशसँगै गत २९ पुसमा २० लाख धरौटीसहित रिहा भएका थिए।
उनलाई विदेश जान भने उच्च अदालतले रोक लगाएको थियो। सो आदेशका विरुद्ध लामिछाने सर्वोच्च गएका हुन्। जस विरुद्ध परेका रिटमा सर्वोच्चमा सुनवाइ भइहेको हो।
सरकार र लामिछानेको दुबै मुद्दामा गत शुक्रबार देखि भएको सुनवाई नसकिएपछि सोमबारका लागि पेशी तोकिएको हो। सर्वोच्च अदालतको बन्द इजालासमा भएको सुनवाई पछि क्रिकेटर लामिछाने विदेश जान पाउने कि नपाउने फैसाल हुने निर्णय हुनेछ।