२०८२ बैशाख ११ गते बुधवार

बुटवलका पत्रकार मनोज हितंगाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु

बुटवल,फागुन १४ । गएराति बुटवलको नयाँ बसपार्कमा भएको मोटरसाइकल दुर्घटनामा परी रुपन्देहीका पत्रकार मनोज हितंगाको ज्यान गएको छ ।

बुटवलमा रहेर लामो समय देखी पत्रकारीता गरी रहेका पत्रकार मनोज हितंगाको गएराती करिव सवा ११ बजे मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको हो ।

पूर्व-पश्चिम राजमार्गको बुटवल मिलनचोकबाट अस्पताललाईन तर्फ गईरहेका हितंगा सवार मोटरसाईकल र महेन्द्रनगरबाट काकडभित्ता तर्फ जार्दै गरेको यात्रु बाहक बस नयाँ बसपार्क नजिकै एक आपसमा ठक्कर खादा उक्त दुर्घटना भएको थियो ।

दुर्घटनाबाट गम्भिर घाईते हिताङ्गलाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगेकोमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले बताएको छ ।

लामो समयदेखि टेलिभिजन क्यामेरा पर्शनको रुपमा कार्यरत हितंगा पछिल्लो समय एनएनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा सम्वाददाताको रुपमा कार्यरत थिए । हितंगा प्रेस चौतारी नेपाल रुपन्देहीका सदस्य समेत हुन ।

पाल्पाको तानसेन नगरपालिकाका स्थायी बासिन्दा हितंगा करिव १५ बर्ष देखि बुटवलको बुद्धनगरमा बस्दै आएका थिए । हितंगाका बुवा, श्रीमती २ भाई रहेका छन् ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *