२०८१ बैशाख ११ गते मङ्गलवार

सुर्खेतमा गोली लागेको अवस्थामा मृत भेटिए प्रहरी जवान

सर्खेत,फागुन ११ । सुर्खेतमा एक जना प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन् ।

कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान कवीन्द्र विक कन्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतकी इन्सपेक्टर झरना सोनारका अनुसार विक आफैंले बोकेको एसएलआरको गोली दायाँ कन्चटमा लागेको छ ।

उनका अनुसार घटना आज बिहान २ः५६ बजे तिरको हो । त्यतिबेला विक ड्युटीमै थिए ।

अहिले शव शव पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पतालमा पठाइएको र घटनाको थप अनुसन्धान गरिरहेको इन्सपेक्टर सोनारले जानकारी दिइन् ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *