२०८३ बैशाख २ गते बुधवार

नेपालको पहिलो रक गायक माइक (मुकुन्द) खड्काको निधन

काठमाडौँ,फागुन ११ । नेपालको पहिलो रक गायक माइक ९मुकुन्द० खड्काको निधन भएको छ । उनको ६९ वर्षको उमेरमा बिहान आफ्नै घर ललितपुरको पुल्चोकमा निधन भएको हो।

नेपाली, अङ्ग्रेजी, हिन्दी गीत सङ्गीतका ज्ञाता माइक खड्काले शास्त्रीय गायक रङ्गराव कादम्बरीबाट सङ्गीत सिकेका थिए ।

उनले गायक ओमविक्रम विष्ट, अरुण थापा, दिव्य खालिङसित साङ्गीतिक सहकार्य गरेका थिए । सन् १९५५ जनवरी १४ तारिखमा जावलाखेलमा जन्मिएका खड्का क्लासिक एफएमको निर्देशकसमेत थिए ।

उनले सञ्चालन गरेको कार्यक्रम युवामाझ लोकप्रिय थियो । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ । खड्काकी श्रीमती र एक छोरा छन् ।

प्रकाशित मिति : २०७९ फाल्गुन ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *