धनगढी,फागुन १० । बाजुरामा बुधबार दिउँसो भूकम्प गएको छ। जिल्लाको हिमाली गाउँपालिका केन्द्रबिन्दु बनाएर ५ दशमलव २ रेक्टरको भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धन केन्द्रका अनुसार आज दिउँसो १ बजेर ४५ मिनेटमा भुकम्प गएको जनाएको छ। भूकम्पपछि सदरमुकाम मार्तडीलगायतका स्थानीयहरू त्रसित भएका छन्।
गत माघ १० गते हिमाली गाउँपालिकाको बिच्छ्या केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टरको भूकम्प जाँदा बाजुरामा ठूलो क्षति भएको थियो।
प्रकाशित मिति : २०७९ फाल्गुन १० गते बुधवार