२०८२ जेष्ठ ४ गते शुक्रवार

फरार सांसद कोइरी पनि राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा

काठमाडौँ,फागुन १० । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको लागि मतदाता नामावली बुधबार सार्वजनिक गरेको छ। आयोगले सार्वजनिक गरेको मतदाता नामावलीको सूचीमा प्रतिनिधिसभाका फरार सांसद लक्ष्मी चौधरी कोइरीको पनि नाम समावेश छ।

उनी निलम्बनमा नपरेका कारण उनको नाम मतदाता नामावलीमा समावेश भएको निर्वाचन आयोगले जनाएको छ। मतदाता नामावलीका सम्बन्धमा दाबी, विरोध र उजुरी गर्ने समयमा उजुरी आएको खण्डमा त्यसउपर छलफल हुने पनि आयोगले जनाएको छ।

गत मंसिर ४ को चुनावमा नेकपा एमालेबाट महोत्तरी–१ बाट निर्वाचित कोइरीमाथि मधेस आन्दोलनका क्रममा घाइते भइ अस्पताल जाँदै गरेका नेपाल प्रहरीका सई थमन थापालाई एम्बुलेन्सबाट जबर्जस्ती निकालेर हत्या गरेको आरोप छ।

उनलाई उच्च अदालतले फरारको सूचीमा राख्दै पक्राउ गरेर अदालत पेस गर्न भनेको छ। तर, प्रहरीले पक्राउ गरेको छैन।

दाबी विरोधको उजुरीमाथि फागुन १२ गते दिउँसो ३ बजेसम्म छानबिन गरी दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यातालिका छ।

राष्ट्रपतिको पदको लागि फागुन १३ मा मनोनयन दर्ता र फागुन २५ मा मतदान हुनेछ। उपराष्ट्रपति पदको निर्वाचनका लागि फागुन २७ मा मनोनयन दर्ता र चैत ३ मा मतदान हुनेछ।

प्रकाशित मिति : २०७९ फाल्गुन १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *