काठमाडौँ,फागुन १० । दश वर्षअघि गरेको आगजनीको घटनामा दोषी ठहर भइ जेल पुगेका सांसद अरुण चौधरीको निलम्बन फुकुवा भएको सूचना संसदमा सुनाइएको छ।
सरकारले ६ महिना कदैलाई मिनाहा दिएर प्रजातन्त्र दिवसको अवसरमा उनलाई जेलमुक्त गरेपछि बुधबारको संसद बैठकमा त्यसबारे सभामुख देवराज घिमिरेले सूचना सुनाएका हुन्।
राष्ट्रपति कार्यालयलबाट जेल सजायमा मिनाहा माफी भएको सूचना सुनाइएपछि सांसद चौधरी निलम्बन फुकुवा भएका छन्।
निर्वाचन आयोगले बुधबार नै सार्वजनिक गरेको राष्ट्रपतिरउपराष्ट्रपति चुनावको मतदाता नामावलीमा उनको नाम जेलमा भएका कारण परेको थियो।
संसदमा निलम्बन फुकुवाको सूचना सुनाइएपछि चौधरीको नाम मतदाता नामावलीमा राख्न बाटो खुलेको छ।
प्रकाशित मिति : २०७९ फाल्गुन १० गते बुधवार