२०८१ मङ्सिर १७ गते सोमवार

विदेश जान रोक्ने उच्च अदालत पाटनको सर्तविरुद्ध सर्वोच्चमा निवेदन दर्ता गर्दै सन्दीप

काठमाडौँ,फागुन १० । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले उच्च अदालत पाटनले दिएका सर्तहरू विरुद्ध बुधबार सर्वोच्चमा निवेदन दर्ता गर्ने तयारी गरेका छन्।

सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले उच्च अदालतको आदेश विरुद्ध बुधबार मुद्दा दर्ता गर्ने बताए। ‘हाइ कोर्टको आदेश विरुद्ध आज मुद्दा दर्ता गर्दै छौँ। सम्भवत शुक्रबार सुनुवाइ हुने छ’, उनले भने।

साथै उनले सन्दीपको व्यक्तिगत स्वतन्त्रता हन्न भएको भन्दै त्यो विरुद्ध पनि रिट दर्ता गर्ने बताए। ‘सन्दीपको संवैधानिक स्वतन्त्रतालाई हनन गरिएको छ। उसको व्यक्तिगत फोनमा ट्यापिङको जोखिम बढेको छ। साथै आरोपितलाई मात्र अदालते रोकेको छ। तर वादीहरूले खुलमखुल्ला सन्दीपको ह्यारेसमेन्ट गरिरहेका छन्। यो विषयमा पनि हामी अदालतमा जाने छौँ’, उनले भने।

‘अदालतले प्रतिवादीलाई मात्र रोक्यो, वादीको पक्षमा बोल्नलाई अब वादीको पक्षधर भएर प्रमाणित नभएका कुराहरू सार्वजानिक सञ्चारमाध्यममा आरोपित गरिएका विषयहरू गम्भीर छन्’, वकिल घिमिरेले थपे।

सन्दीपले खेल्न जान पाउँछन् कि पाउँदैनन् भन्ने प्रश्नमा घिमिरेले भने, ‘सन्दीपलाई अदालतले व्यक्तिगत आधारमा विदेश जान रोक लगाएको हो। ऊ राष्ट्रिय खेलाडीको रूपमा विदेश जान सक्छ। किनकि यो खेल मैदान परिवर्तन भएर खेल्न जान लाग्या हो। ऊ व्यक्ति नभइ एक राष्ट्रिय खेलाडीका रूपमा भाग लिन जान पाउनुपर्छ भन्ने मेरो धारणा हो।’

अहिले केही बेरमा सन्दीप वकिलसहित सर्वोच्च पुग्नेछन्।

प्रकाशित मिति : २०७९ फाल्गुन १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *