काठमाडौं, फागुन १०। भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत नेपाली कांग्रेसका सांसद डा। चन्द्रकान्त भण्डारीको स्वास्थ्य क्रमिक सुधार हुदै गएको छ ।
बुधबार बिहान १०ः५० बजेको अपडेटअनुसार उनलाई मुखबाटै खाना खुवाउन थालिएको मुम्बईमै रहेका उनका सहयोगी माधव न्यौपानेले जनाएका छन् ।
सांसद भण्डारीले दोहोरो संवाद गरिरहेका र उपचारबारे आफैंले जानकारी लिइरहेका छन् ।
गत बुधबार खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भण्डारीलाई कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गरिएको थियो ।
बिहीबार थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा लगिएको थियो । उनलाई भेन्टिलेटर हटाएर नर्मल मास्कबाट न्यून रुपमा अक्सिजन दिइएको छ ।
हल्का ईन्फेक्सनको उपचार भइरहेको र ज्वरो आएको नआएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी गराएको न्यौपानेले बताए । उनले उच्च ईन्फेक्सन नहोस् भनेर अस्पतालले भेटघाट गर्न दिएको छैन ।
सांसद भण्डारीको अन्य स्वास्थ्य प्यारामिटर नर्मल रहेको छ ।