हेमराज शर्मा,दाङ, फागुन ९ । नेपाल शिक्षक संघ दाङको नवौ जिल्ला अधिवेशन तथा पद हस्तान्तरण कार्यक्रम आज मंगलबार सम्पन्न भएको छ ।
संघका जिल्ला अध्यक्ष युवराज बस्नेतको सभापतित्व एवं नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिङ पुनको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा सर्वसहमतिमा चयन भएको प्रकाश डागी नेतृत्वको जिल्ला कार्य समितिका पदाधिकारी र सदस्य तथा संघीय र प्रदेश प्रतिनिधिहरुको पद हस्तान्तरण तथा सपथ ग्रहणको कार्यक्रम गरिएको छ ।
कार्यक्रम नेपाल शिक्षक संघ दाङले प्रकाशन गरेको शिक्षक आवाज स्मारिका-२०७९ को लोकार्पण गरिएको थियो ।
कार्यक्रममा हालै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनबाट निर्वाचित साम्सदहरु र जिल्ला समन्वय समितिमा निर्वाचित प्रमुख र उपप्रमुखलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी पुनले समय सापेक्ष शिक्षा प्रदान गर्ने वातावरण गराउने कार्यमा राज्य गम्भीर बन्नुपर्नेमा जोड दिए ।
शिक्षकहरु समय अनुसार प्रबिधिमैत्री अभिभावकमैत्री बन्नुपर्ने भन्दै उनले शिक्षाको बिकासमा लाग्नुपर्ने बताए ।
चुनावबाट काङ्ग्रेस पहिलो पार्टी भएपनि नेतृत्वको अदुरशर्शिताका कारण अहिलेको अवस्था आएको टिप्पणी गरे ।
नेपालको ब्यवस्था परिवर्तन गर्न शिक्षकको भूमिका महत्त्वपूर्ण भएको भन्दै उनले प्रजातान्त्रिक ब्यवस्था बलिलो बनाउन शिक्षक संघमा आवद्ध शिक्षक लाग्नु पर्ने बताए।
कार्यक्रममा बिशिष्ट अतिथी नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका सह-महामन्त्री खगराज पाण्डेय, काङ्ग्रेस दाङका सभापति शंकर प्रसाद डागी, नेपाल शिक्षक संघका संघिय उपाध्यक्ष अमर बहादुर खड्का, लुम्बिनी प्रदेशका सस्थापक अध्यक्ष अर्जुनकुमार योगि, लुम्बिनी प्रदेश सभासदहरु प्रचण्ड बिक्रम न्यौपाने गुन्टु र लोकाकुमारी बिश्वकर्मा लगायतले शिक्षक संघको जिल्ला समिति सर्वसहमतीमा चयन गरेर सकारात्मक सन्देश दिएको भन्दै नेतृत्वको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
त्यस्तै, कार्यक्रममा लुम्बिनी प्रदेशका निवर्तमान सभासद शंकर गिरि,नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका महासचिव लालप्रसाद पङ्गेनी, संघ सल्यानका पूर्व अध्यक्ष बिष्णुप्रसाद आचार्य, संघका दाङका पूर्व अध्यक्षहरु शंकर दिवस मज्गैया र कुमोद पोख्रेल,संघका पूर्व उपमासचिव शुशिला सुवेदी,जिल्ला समन्वय समितिका उपप्रमुख चितना चौधरी, नेपाली काङ्ग्रेस दाङ क्षेत्र न १ भेषराज पाण्डेय, ३ का जगत बहादुर खड्का, क्षेत्र न २ (ख) का सभापति अभियान बस्नेत,नेपाल महिला संघकि जिल्ला अध्यक्ष गोमा रावत, नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कुलराज पोख्रेल, नेपाल ट्रेड यूनियन काङ्ग्रेसका पूर्व अध्यक्ष खिलानाथ दाहाल, दलित संघका जिल्ला उपाध्यक्ष प्रकाश नेपाली लगायतका शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संघका महिला उपाध्यक्ष अनन्ता केसिको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा उपाध्यक्ष योगराज खत्रीले धन्यवाद ज्ञापन र सहजीकरण सचीव प्रकाश डागिले गरेका थिए ।