कपिलबस्तु,फागुन ७ । ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसकोे अवसरमा कपिलबस्तु कारागारमा रहेका १० जना कैदीबन्दी रिहा भएका छन् ।
कपिलबस्तु जिल्लाका ५ जना, रुपन्देही जिल्लाका ३ जना, चितवनका १ जना र कैलालीका १ जनालाई राष्ट्रपतिबाट कैद मिनाहा भए बमोजिम कैदमुक्त गरिएको गरिएको कपिलवस्तु कारागारका प्रमुख जेलर मनोजकुमार शैनिले बताए ।
कपिलबस्तु करागारबाट १२ जनाको कैद मिनाहाका लागि सिफारिस गरिएको उनले बताए । कैदमुक्त भएका १० जनामध्ये ४ कर्तव्य ज्यान, ५ सवारी ज्यान र १ हातहतियार तथा खरखजना मुद्दामा कैद जीवन विताइरहेका थिए ।
मुद्दा नकारात्मक सूचीमा नपरेका, असल चालचलन भएका र ५० प्रतिशतभन्दा बढी कैद भुक्तान गरेका आधारमा उनीहरुको कैद मिनाहाका लागि कारागार व्यवस्थापन विभागमा नामावली पठाइएको थियो ।
सोही आधारमा उनीहरुको कैद मिनाहा गरिएको जेलर शैनिले बताए ।
कैदमुक्त भएका उनीहरु बाँकी जीवन घर परिवार र समुदायको हितका लागि बिताउने प्रतिबद्धता गर्दै कारागारबाट बिदा भएका जेलर शैनिले बताए ।
कपिलवस्तु कारागारमा रहेका कुल ४ सय ७८ कैदी बन्दीमध्ये १० जना कैदमुक्त भए भने बाँकी ४ सय ६८ जना कैदी बन्दी कारागारमा रहेका छन् ।