२०८१ बैशाख १२ गते बुधवार

मुम्बईमा सांसद् भण्डारीको उपचारस् आज दुई सर्जरी हुँदै, आत्तिनु नपर्ने चिकित्सको सल्लाह

काठमाडौँ ,फागुन ५ । सिलिन्डर ग्यास विस्फोटपछि घाइते भएका नेपाली कांग्रेसका सांसद् चन्द्र भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार सुरु भएको छ।

हिजो बिहीबार श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत मुम्बई लगिएका उनको आज शुक्रबारबाट थप उपचार सुरु भएको हो।

भण्डारी निकट कांग्रेसका एक नेताका अनुसार उनलाई अहिले आईसीयुमा राखेर उपचार भइरहेको छ।चिकित्सकका अनुसार भण्डारीको आज दुईपटक सर्जरी गर्ने तयारी रहेको छ।

आज बिहान साढे १० बजे पहिलो सर्जरी र दिउँसो साढे १ बजे दोस्रो सर्जरी गर्ने तयारी छ।

चिकित्सका अनुसार हृदयको चाल नर्मल रहेको, एण्टीवायोटिक्स कन्टीन्यू गर्ने र आत्तिनु नपर्ने जानकारी प्राप्त भएको उनले बताएका छन्।

बुद्धनगरस्थित घरमा ग्यास लिक भएर पड्किँदा सांसद भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए।

शरीरको ७० प्रतिशतभन्दा बढी जलेकी आमाको भने बिहीबार नै कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

भण्डारीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई थप उपचारका लागि भारत लगिएको हो।

 

प्रकाशित मिति : २०७९ फाल्गुन ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *