२०८१ बैशाख १३ गते बिहिवार

ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु,पाँच जना घाइते

जुम्ला,फागुन ४ । जुम्लाको पातारासी गाउँपालिका–६ वडीखोलीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

हिजो बेलुका ७ बजे कर्णाली प्रदेश ००२००१ त ०४२७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा पातारासी–२ का अमिर बोहोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ट्र्याक्टरका चालक भने भागेका छन् ।

उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *