काठमाडौं,माघ २७ । पर्यटन मन्त्रालयले त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरेको छ ।
ठाकुरले थाइ स्माइल एयरलाइन्सका प्रतिनिधिसँग घुस मागेको अडियो मन्त्रालयमा पुगेपछि उनलाई निलम्बन गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गैरकानूनी लाभ लिने९घुस० उद्देश्यले गरेको कुराकानीको श्रव्य सामाग्री प्राप्त भएपछि छानबिनका लागि उनलाई निलम्बन गरिएको हो ।
उक्त विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुरोध गरी पठाइने मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : २०७९ माघ २७ गते शुक्रवार