काठमाण्डौ,माघ २६ । यातायात व्यवस्था कार्यालयले मोटरसाइकलको कर तथा नवीकरण भुक्तानीको लागि फागुन मसान्तसम्मको समय दिएको छ ।
आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७५/७६ सम्म तोकिए बमोजिमको कर तथा नवीकरण समेत भुक्तानी नगरेका सवारी धनीले फागुन मसान्तभित्र कर बुझाएमा त्यस अवधिको जरिबाना छुट हुने कार्यालयले जनाएको छ ।
यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाण्डौले सूचना निकालेर पहिलेका वर्षहरुदेखि कर तिर्न बाँकी भएका सवारी धनीहरुलाई कर तथा नवीकरण समयमै भुक्तानी गरेर लाभ लिन आग्रहसमेत गरेको छ।
प्रकाशित मिति : २०७९ माघ २६ गते बिहिवार