२०८२ माघ २७ गते मङ्गलवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित एक जना पक्राउ

काठमाडौं ,माघ १९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब आठ करोड ३२ लाख रुपियाँ मूल्य बरावरको नौ किलोग्राम सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले युनाइटेड अरब इमिरेटस् (यूएइ)को दुबईबाट सुन लिएर नेपाल आएका क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगौबलाई गए राति चेकजाँचका क्रममा पक्राउ गरेको हो ।

बिहीबार सुनको मूल्य प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँ रहेको छ । यो मूल्य अनुसार बरामद गरिएको सुनको मूल्य करिब ८ करोड ३२ लाख पर्न आउँछ ।

कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार प्लाई दुबईको एफ–२५७३ मार्फत काठमाडौँ आएका उनलाई गए राति १२ बजे पक्राउ गरिएको हो ।

उक्त घटनाबारे अनुसन्धान भइरहेको पोखरेलले बताए ।

 

प्रकाशित मिति : २०७९ माघ १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *