दाङ, माघ ९ । बाँकेको कोहलपुरमा हायसको ठक्करबाट अटो चालकको मृत्यु भएको छ ।
बिहान पौने नौं बजेतिर बा ५ ख ७१५१ नम्मबरको हायसले बाटो क्रस गर्दै गरेको भे १ ह ३५४७ नम्बरको अटोलाई कोहलपुर नगरपालिका वडा नं. २ स्थित राजमार्गमा ठक्कर दिएको थियो ।
दुर्घटनामा परि अटो चालक कोहलपुर नगरपालिका वडा नं. २ का ४० बर्षीय गणेश कनाउ मगर गम्भीर घाइते भएका थिए । उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा बिहान पौने ११ बजे मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक चक्रडम्मर पालले बेलुकी साढे ४ बजेदेखि उचित क्षतिपूर्तीको माग गर्दैै कोहलपुर चोकमा स्थानीयले चक्का जाम गरेको जानकारी दिए । चक्का जाम खोल्नका लागि छलफल जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७९ माघ ९ गते सोमवार