तुलसीपुर, माघ ७ । गादिबराह सामुदायिक बन उपभोक्ता समुह तुलसीपुर –४ को ३० औ साधार सभा सम्पन्न भएको छ ।
वन समुहका अध्यक्ष ठाकुर प्रसाद बन्जाडेको अध्यक्षता तथा इलाका वन कार्यालयका सर्जन वलीको प्रमुख आतिथ्य एव पूर्व अध्यक्ष सुरेन्द्रबहादुर खड्काको विशिष्ट आतिथ्यमा भएको साधारण सभामा वन समुहका सह–सचिव चेतराजसिंह ठकुरीले आर्थिक बर्ष २०७९÷०८०को प्रगति प्रतिवेदन पेश गरेका थिए ।
त्यस्तै कोषाध्यक्ष मेनका पार्धेले आर्थिक प्रतिवेदन पेश गरेका थिए । त्यस्तै लेखा तथा अनुगमन समितिका संयोजक तुल्सीप्रसाद भण्डारीले लेखा प्रतिवेदन पेस गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि सर्जन वली, पूर्व अध्यक्ष सुरेन्द्रबहादुर खड्का, सल्लाहकार शिवराजहिंस ठकुरीलगायतले बोलेका थिए ।
उपाध्यक्ष कलिभान वलीको स्वागत मन्तव्ययवाट सुरु भएको साधारण सभाको सहजिकरण सहसचिव चेतराजसिंह ठकुरीले गरेका थिए ।