२०८२ जेष्ठ ११ गते शुक्रवार

कैलालीमा १८ दिनदेखि बेपत्ता बालकको शव माटोमुनि गाडेको अवस्थामा फेला

कैलाली ,पुस ३० । १८ दिनदेखि बेपत्ता डडेल्धुराको आलीताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको शव माटोमुनि गाडेको अवस्थामा फेला परेको छ ।

प्रहरीले शङ्कास्पदस्थल उत्खनन गरेर बालकको शव निकालेको हो । बोहरा गत १२ पुसदेखि घरपरिवारको सम्पर्कमा थिएनन् ।

उनको परिवारले समेत उनी हराएको भन्दै प्रहरीलाई समेत जानकारी दिएका थिएनन्। पुस २७ गते स्थानीयले प्रहरीलाई बालक सम्पर्कमा नरहेको बताएका पछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

बालकका बुबा रोजगारीका लागि घर बाहिर छन्। घरमा आमा, सौतेनी आमा र एक जना उनका दाइ छन्।

घर परिवारबाटै उनको हत्या भएको हुन सक्ने भन्दै प्रहरीले दुवै आमालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगादत्त बडुले बताए ।

प्रकाशित मिति : २०७९ पुष ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *