टेकराज भण्डारी,तुलसीपुर,पुस २५ । आइडियल इङ्लिस सेकेन्डरी स्कुल तुलसीपुरमा अन्तर-सदन प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएको छ ।
बिभिन्न बिधाहरुमा प्रथम,द्धतिय र तृतिय स्थान हासिल गरेका बिधार्थिहरुलाई एक कार्यक्रमका बिच पुरस्कार वितरण गरिएको हो ।
विद्यालयका प्रिन्सिपल रेघु खत्रीको अध्यक्षता एवम तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाका बिनि मनबहादुर खड्काको प्रमुख आतिथ्यतामा एवम पत्रकार महासङघका दाङका कोषाध्यक्ष शरद रेग्मीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
स्कुलको अन्तर सदन प्रतियोगितात्मक कार्यक्रममा मोती हाउसले १३७ अङ्क, लक्ष्मी हाउसले १७९ अङ्क,भानु हाउसले २८२अङ्क र सिद्धी हाउसले २९९अङ्क प्राप्त गर्न सफल भएका थिय ।
कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक ए आर रमेशले गरेका थिए ।
प्रकाशित मिति : २०७९ पुष २५ गते सोमवार